
काठमाडौं । एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले, सबैले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कुरामा प्रतिपक्षि पार्टीहरुको पनि कुनै विमती नरहेको बताएका छन् ।
आज आईतबार सघीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक बस्नुअघि पत्रकारसंग कुरा गर्दै उनले सबैले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु नै उचित हुने बताएका हुन् ।
उनले भने ‘विभिन्न पार्टीहरुको बीचमा सहमति पनि भैसकेको छ । अहिले सत्ताधारी पार्टी जो हुनुहुन्छ उहाँहरुको पनि । मलाई लाग्छ प्रतिपक्षि पार्टीहरुको पनि त्यसमा विमती रहेको अवस्था छैन । अब त्यो राम्रो हुन्छ किन भने विस्वासको मत दिने बित्तिकै प्रतीपक्षमै बस्न पर्ने, सत्ता पक्षमै बस्न पर्ने केही छैन । प्रतिपक्षमा पनि बस्न सकिन्छ । यस अर्थमा पनि सबैले यो सरकार पुष्पकमल दाहाल प्रचण्डजीको नेतृत्वको सरकार उहाँको प्रधानमन्त्रित्वलाई सबैले विश्वासको मत दिदाँ राम्रै हुन्छ ।’
उनले सबैले विश्वासको मत दिने कुराहरुमा सबै पार्टीहरु बिच सहमती भईसकेको उनको भनाई छ । सत्तामा नै बस्न पर्छ भन्ने नभएको भन्दै उनले प्रतिपक्षमा पनि बस्न सकिने बताएका छन् ।