भीम रावलले एमालेको जारी महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन्।
सोमबार बिहान रावलले दशौं महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दर्तापछि उनले हरेक महाधिवेशन प्रतिनिधिलाई पदमा उठ्ने अधिकार भएको बताए। रावलले आफ्नो अधिकार प्रयोग गरेर उम्मेद्वारी दर्ता गराएको समेत जानकारी गराए। पार्टीमा कुनै समूह नभएकाले एक्लै उम्मेद्वारी दिएको बताए।