नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तजविजमा पदाधिकारी र सदस्यहरुको नामावली निर्वाचित गर्नका लागि तयार गरिरहँदा उपाध्यक्ष भीम रावल भने निर्वाचनको मुडमा नै देखिएका छन् ।
शनिबार बन्दसत्रमा प्यानल तय गर्ने सर्वाधिकार अध्यक्ष ओलीलाई दिँदा पनि अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका रावलले कडा आपत्ति जनाएका थिए ।
आइतबार बन्दसत्र हल बाहिर रावलले अध्यक्ष पदमा मेरो उम्मेदवारी किन भन्दै ३१ पन्ने पर्चा नै प्रतिनिधिहरुलाई बाँडिरहेका छन् । यद्पि स्वयंसेवकहरूले भने प्रतिनिधिबाट ती पर्चाहरू खोसिरहेका छन् ।