प्रदेश २ मा सडक दुर्घटनामा परि दुई सातामै ४१ जनाको मृत्यु भएको छ ।
प्रदेशको ८ वटै जिल्लामा छोटो अवधिमा ४१ जनाको ज्यान गएको प्रदेशमा यो पहिलो घटना हो ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार १५ दिनयता प्रदेशका ८ वटै जिल्लामा २ सय ५८ सवारी दुर्घटना हुँदा ४१ जनाको ज्यान गएको छ । १ सय ६ जना गम्भीर घाइते भएर उपचाररत छन् भने ३ सय २ जना सामान्य घाइते भएका छन् । ३ सय ८५ वटा सवारी दुर्घटनामा परेका छन् ।
दुर्घटना न्यूनीकरणको प्रयासमा ट्राफिक प्रहरीको फितलो प्रस्तुती हुदा राजमार्गमा ट्राफिकको सुन्य उपस्थिती, अनियन्त्रित तीव्र गति, चालकहरुद्धारा मदीरा, लागुऔषधको ब्यापक प्रयोग, सबारीमा थपीएको फोक्स लाईटको प्रयोग नै दुर्घटनाको मुख्य कारण रहेको बताईको छ ।