कर्णाली प्रदेश सरकारका एक मन्त्रीलाई बलात्कार आरोप लागेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले तत्कालीन स्वकीय सचिवकी श्रीमतीलाई यौन दूर्व्यवहार गरेको भिडिओ सार्वजनिक भएको हो।
सार्वजनिक भएको भिडिओमा पीडित महिला कोठाभित्रै देखिन्छिन्। बाहिरबाट ढोका ढकढक्याएको आवाज सुनिन्छ। पीडित महिलाले ढोका खोल्छिन्। खाटमा बस्ने बित्तिकै मन्त्री शाहीले उनलाई अंगालोमा बेर्छन्।
प्रहरीको सम्पर्कमा पुगेका पीडितहरुले उक्त भिडियो २०७६ माघतिरको भएको बताएका छन्। जति बेला शाही प्रदेश सांसद मात्रै थिए। प्रहरीसम्म यो घटना ढिलोगरी पुग्नुमा पीडितहरुले तत्कालीन सांसद एवम् हालका मन्त्री शाहीसँग ‘रकमको बार्गेनिङ’ गरेको देखिन्छ।
यता कृषिमन्त्री शाहीले सांसद हुँदा स्वकिय राखेका आर्थिक हिनामिना गरेका कारण आफुले स्वकिय राख्नबाट हटाएको र त्यसैको रिसमा श्रीमतीसँग कृत्रिम भिडियो बनाएर धम्की दिएको बताए।
उनले भने, यो बारम्बारको बार्गिनङ हो। उ सँग दुई वर्ष अगाडि देखि बोलचाल बन्द छ।