प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवासँग भारतीय जनता पार्टी विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले भेटवार्ता गरेका छन्।
आइतबार अपरान्ह काठमाडौं आएका चौथाइवालेले बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् ।
भेटमा चौथाइवाले काँग्रेस र भारतीय जनता पार्टीको सम्बन्ध सुमधुर बनाउनु पर्नेमा जोड दिए। उनले देउवालाई प्रधानमन्त्री बनेकोमा बधाई समेत दिएको चौथाइवालेले ट्विट मार्फत जानकारी दिएका छन् । देउवा प्रधानमन्त्री बनेपछि माथिल्लो स्तरका भारतीय नेताको यो पहिलो भ्रमण हो । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्र मानिन्छन् ।
देउवा र चौथाइवाबीच सीमा विवाद, महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएका दार्चुलाको व्यासका जयसिंह धामीको विषयमा समेत छलफल भएको बुझिएको छ। चौथाइवाले प्रधानमन्त्रीसँग भेट गरेको जानकारी दिँदै ट्वीट समेत गरेका छन्। चौथाइवालेको भ्रमणको उद्देश्य र भेटघाटका पात्रहरुको बारेमा खुलाइएको छैन।
Today I was honoured to call on Prime Minister of Nepal H E @SherBDeuba ji in Kathmandu. I congratulated him for his election as PM and also greeted him on the auspicious occasion of Janeu Purinama and Rakshabandhan. We both agreed to strengthen party to party dialog. pic.twitter.com/525iGXnax1
— Dr Vijay Chauthaiwale (@vijai63) August 22, 2021