नेपालले हालसम्म एक करोड पाँच लाख ९५ हजार आठ सय ५० कोरोनाविरुद्धको खोप प्राप्त गरेको छ । यसरी हेर्दा ६० लाख ६५ हजार तीन सय ५० नागरिकले पूर्ण मात्रा लगाउनुपर्ने खोप आइसकेको देखिन्छ । तर शनिबारसम्म देशभर २२ लाख सात हजार नौ सय ५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
हालसम्म नेपालले भेरोसिल ५८ लाख मात्रा, कोभिसील्ड २४ लाख ४८ हजार मात्रा, जोन्सन एण्ड जोन्सन १५ लाख ३४ हजार आठ सय ५० मात्रा र एष्ट्राजेनेका आठ लाख १३ हजार मात्रा प्राप्त गरेको हो । जोन्सन एण्ड जोन्सन एक मात्रा लगाए हुने खोप हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चैतभित्र आम नेपाली नागरिकलाई पूर्ण खोप लगाइसक्ने योजना बनाएको छ ।
स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले खोप पहिलो प्राथमिकता रहेको बताएका छन् । नेपालले सर्वप्रथम ८ माघ २०७७ मा भारत सरकारबाट उपहार स्वरूप १० लाख मात्रा खोप प्राप्त गरेको थियो । त्यसपछि क्रमशः नेपालमा खोप भित्रिन थालेको हो । सरकारले दुई करोड ६५ लाख नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ ।
सरकारले आगामी साउन २५ देखि ३२ सम्म खोप सप्ताह र साउन २३ देखि २९ सम्म नेपाल मास्क अभियान सञ्चालन गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार खोप सप्ताहमा कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका र दोस्रो मात्रा लगाउन बाँकी १३ लाख ६५ हजारलाई दोस्रो मात्रा खोप लगाउने सरकारको तयारी छ । हाल देशभर कोरोना विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । खोप लगाउने स्थानमै भिडभाड हुँदा जोखिम बढेको सङ्क्रामक रोग विशेषज्ञहरू बताउँछन् ।
खोप केन्द्रहरूमा हुने भीड व्यवस्थापन गर्न स्थानीय तह र स्वास्थ्य संस्थाहरूलाई सरकारले आग्रह गरेको छ । स्वास्थ्य तथा मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गरी खोप केन्द्रहरूमा हुने भीड व्यवस्थापन गर्न आग्रह गरेको हो ।
खोप केन्द्रहरूमा थप स्वास्थ्यकर्मी र आवश्यकता अनुसार स्थानीय रूपमा स्वयंसेवकहरू परिचालन गरेर भए पनि सर्वसाधारणलाई सहज हुने व्यवस्था मिलाउन सरकारको अपिल छ ।
कोरोनाविरुद्ध खोपः कहाँ कतिले लगाए ?
हालसम्म देशभर २२ लाख सात हजार नौ सय ५५ जनाले कोरोनाविरुद्धको...
शनिवार, साउन २३ २०७८सरकारले जनस्वास्थ्यका मापदण्डहरू जारी गरे पनि कार्यान्वयनमा सकस देखिएको छ । जस कारण जोखिम बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेल बताउँछन् । उनले भौतिक दुरी कायम, मास्कको समुचित प्रयोग र सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताए ।