चलचित्र होस्टल रिटन्र्स बाट नेपाली रजतपटमा आएकी नायिका स्वस्तिमा खड्का अहिलेकी सबैभन्दा व्यस्त र डिमाण्डेड नायिका हुन् ।
सामाजिक सञ्जालमा उनी निकै सक्रिय छिन् ।
होस्टल रिटन्र्स मा नै उनको अभिनय र लुक्सको निकै तारिफ भएको थियो । तर उनलाई सफलता भने कुटु मा कुटु गीतले नै दिएको हो ।
अहिले पनि कुटु मा कुटु गीत भन्ने बित्तिकै दर्शकले उनलाई नै याद गर्ने गरेका छन् ।
कुटु मा कुटु गीतलाई स्वस्तिमाको करियरको टर्निङ पोइन्ट पनि भन्न सकिन्छ । उक्त गीतमा काम गरेपछि स्वस्तिमाले अहिलेसम्म पछाडी फर्केर हेर्नुपरेको छैन ।
सामाजिक सञ्जालमा उनको फ्यान फलोइङ पनि निकै लोभलाग्दो रहेको छ ।
शनिबार उनले दुईओटा फोटो सार्वजनिक गरेकी छिन् । जहाँ उनले बाइ बाइ भन्दै हिडेकी छिन् ।