राष्ट्रिय जनता पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षले पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।
संसदमा विश्वासको मत दिनुभन्दा अगाडी संसदलाई सम्बोधन गर्दै जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वास मत दिन आफ्ना पार्टीका सदस्यहरुलाई रोष्टमबाट आग्रह गरेका हुन् ।
यसअघि शनिबार जसपाकै उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको थियो । प्रतिनिधिसभामा जसपाका ३२ जना सांसद छन् । सो पार्टीको दुवै सदनका सांसदको सङ्ख्या ३५ छ ।