कञ्चनपुरका बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको कृष्णपुर नगरपालिका–४ का ५३ वर्षीय धनबहादुर गुरुङ रहेका हुन्।
उनीमाथि ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको हो। बालिकालाई फकाएर जबरजस्ती करणी गरेको भन्ने खबर आएपछी आइतबार राति गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।
बालिकाको स्वास्थ्य परीक्षण भइसकेको उनले बताए। पक्राउ परेका गुरुङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।