नुवाकोटमा जारी निषेधाज्ञा एकसाताका लागि थप गरिएको छ ।
कोभिड–१९ का सङ्क्रमित दैनिक रूपमा बढ्दै गएकाले निषेधाज्ञालाई आगामी ७ दिनसम्मका लागि निरन्तरता दिने निर्णय गरिएको हो । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले यस अघि जारी गरेको निषेधाज्ञाको समय बुधवार राति १२ बजेबाट सकिँदै थियो ।
डिसिसिएमसीको आज बसेको बैठकले यहीँ असार १ गते राति १२ बजेसम्म जिल्लाभर लागु हुने गरी निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।