सामाजिक क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल डा. सन्चो क्लिनिक प्राइभेट लिमिटेडले महानगरिय प्रहरी परिसर ललितपुरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । डा. सञ्चो क्लिनिकका निर्देशक जेन श्रेष्ठले आइतबार महानगरिय प्रहरी परिसर ललितपुरका प्रमुख किरण बज्राचार्यलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।
डा. सञ्चो क्लिनिकले परिसलाई ५ सय थान सेनिटाइजर, २५ सय वटा माक्स, १५ सय पिस पञ्जा, भिटामीन सी एक हजार वटा र भिटामीन बी कम्प्लेक्स १२ सय वटा हस्तान्तरण गरेको क्लिनिकका निर्देशक जेन श्रेष्ठले बताए ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जश श्रेष्ठ, निर्देशक दिपराम महर्जन, निर्देशक इशानी श्रेष्ठलगायतको उपस्थित थिए । यसै गरी कार्यक्रममा परिसरका प्रहरी अधिकृतहरुको पनि सहभागी थिए ।
आधारभूत स्वास्थ्य सेवाबाट कोही पनि बञ्चिन हुनु नपरोस भनेर क्लिनिकले निशुल्क रुपमा समय समयमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको निर्देशक श्रेष्ठले जानकारी दिए । कोरोना महामारीमा फन्ट लाइनमा खटिने सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउदै आएको पनि उनले बताए । यसै गरी क्लिनिकले बृद्धाश्रम, अनाथ बालवालिकाहरुलाई खाद्यन्न र स्वास्थ्य सामाग्री उपलब्ध गराउदै आएको र आगमी दिनमा पनि यस्ता कार्यक्रम जारी राख्ने श्रेष्ठले बताए ।
प्रहरी परिसरको माग अनुसार चाडै स्वास्थ्य शिविर सञ्चालन गरेर प्रहरीहरुको स्वास्थ्य परिक्षण गरिने पनि प्रमुख कार्यकारी अधिकृत जस श्रेष्ठले जानकारी दिए ।