जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका विघटित प्रतिनीधि सभा सदस्य उपेन्द्र यादवको पहलमा सप्तरीकाागि ३० थान अक्सिजन सिलिण्डर उपलब्ध गराईएको छ ।
राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालकालागि उनले अक्सिजन सिलिन्डर उपलब्ध गराएका हुन् । यसअघि सप्तरी क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादवको पहलमा ल्याइएको उक्त अक्सिजन सिलिन्डर शनिवार अस्पताललाई हस्तान्तरण गरिएको छ ।
राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादव र जनता समावादी पार्टीका प्रदेश २ का सचिव दिनेश कुमार यादवले अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.रणजित कुमार झालाई सिलिण्डर हस्तान्तर गरेका छन् । अस्पतालमा दैनिक ५०–६० वटा अक्सिजन सिलिन्डर खपत हुँदै आएको अवस्थामा थप अक्सिजन सिलिण्डर आएपछि कोभिड संक्रमितको उपचारमा सहज हुने अस्पतालका मेसु डा.झाले जानकारी दिएका छन् ।
उनका अनुसार हाल अस्पतालमा १३० अक्सिजन सिलिन्डर रहेको ३० थप भएर १६० पुगेको छ ।