जनता समाजवादी पार्टीको ( जसपा) कार्यकारिणी बैठक जारी छ। जसपाका अध्यक्ष उपेन्द्र यादवले बोलाएको कार्यकारिणी बैठकमा ३१ सदस्य उपस्थित रहेको कार्यकारिणी सदस्य इस्तियाक राईले बताए।
राईका अनुसार अहिले अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ उनले भने भने,‘संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई र राजेन्द्र श्रेष्ठले प्रतिवेदनमाथि छलफल गरिसकेका छन् ।
जसपाको कार्यकारिणी समिति ५१ सदस्यको छ।
शुक्रबारै महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै बैठक स्थगित गरे पनि भट्टराई–यादव पक्षले भने शुक्रबार दिउँसोका लागि बैठक बोलाएको हो।
यसअघि वैशाख १४ गते बसेको कार्यकारिणी समितिमा बाबुराम–उपेन्द्र पक्षका २७ जनाले हस्ताक्षर गरेका थिए।