तास खेलिरहेको अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–२० रामघाट बस्ने मैयाश्वरी पुजारीको घरमा तास खेलिरहेको अवस्थामा ६ जना पुरुष र ७ जना महिला गरी १३ जना शनिबार साँझ पक्राउ परेका हुन् । मैयाश्वरीको घरमा तास खेलिरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ८ सय ८५ रुपैयाँ सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कानुनमा के छ ?
जुवा ऐन, २०२० को दफा ३ मा मनाही गरेको काम विपरित जुवा खेलेमा खेल्नेलाई पहिलो पटकलाई रु.२००।– सम्म जरिबाना, दोश्रो पटकलाई १ देखि ३ महिनासम्म कैद र तेश्रो पटक देखिकोलाई १ बर्ष कैदको सजाय हुने व्यवस्था छ ।
त्यस्तै जुवा खेलाउनेलाई पहिलो पटकलाई रु.३००।– जरिवाना, दोश्रो पटक देखिकोलाई ३ देखि ९ नौ महिना सम्म कैद हुने भन्ने छ र जुवामा सरसापट दिएमा सापट दिनेको थैली भुस गराई सो दिएको थैलीको डेढी बढाई जरिवाना हुने, सो वाहेकको अन्य कुनै काम गरे गराएमा पनि रु.५०।– जरिवाना हुने र जुवामा लगिएका वा राखिएका सवै नगद जिन्सी जफत गरिनेछ भन्ने व्यवस्था छ ।