वितेको २४ घन्टामा कोरोना भाइरसको दैनिक सङ्क्रमण नयाँ रेकर्ड कायम भैरहँदा झण्डै ८०४ भन्दा बालबालिकामा सङ्क्रमण देखिएको छ ।
पछिल्ला दिनमा बालबालिकामा सङ्क्रमण बढ्दै गइरहेको तथ्याङ्कले देखाउँछ । बिहीबार देशभर ८२८ जना बालबालिकामा सङ्क्रमण देखिएको थियो भने बुधबार ७२७ जना बालबालिकामा सङ्क्रमण देखिएको थियो त्यस्तैगरी मङ्गलबार ६२६ र सोमबार ५९५ जनामा सङ्क्रमण देखिएको थियो
नेपालमा नयाँ भेरियन्टको कोरोना सङ्क्रमण तिब्र रुपमा फैलिरहँदा बालबालिकाहरु पनि यस भाइरसको सङ्क्रमणबाट ग्रसित भैरहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार १९ हजार ९८७ जनाको पिसिआर परिक्षणबाट ९ हजार २३ जनामा सङ्क्रमण पुष्टि हुँदा ९ वर्षमुनीका २०४ र १० देखि १९ वर्ष उमेर समूहका ६०० गरी कूल ८०४ बालबालिकामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले तथ्यांकले देखाउँछ ।
उमेरगत हेर्दा २० देखि ३९ वर्ष उमेर समूहका सबैभन्दा बढी सङ्क्रमित भएका देखिन्छन् । विगत १ हप्तादेखि तथ्याङ्कले पनि सो उमेर समूह बढी सङ्क्रमित भएको देखाउँछ ।
आज २० देखि २९ वर्षका २ हजार १५१ जना, ३० देखि ३९ वर्ष उमेर समूहका २ हजार २५० जना, ४० देखि ४९ वर्षका १ हजार ५७३ जना, ५० देखि ५९ वर्ष उमेर समूहका १ हजार १९९ जना, ६० देखि ६९ वर्ष उमेर समूहका ६२३ जना, ७० देखि ७९ उमेर समूहका २६७ जना, ८० देखि ८९ उमेर समूहका ८१ जना, ९० वर्षभन्दा माथिका १८ जना र उमेर नखुलेका ४८ जनामा सङ्क्रमण देखिएको छ ।