
नेपालमा नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमण तिब्र रुपमा बढिरहेको समयमा बालबालिकाहरु पनि यसको शिकार हुन थालेका छन् ।
केही दिनदेखि कोरोना भाइरसको सङ्क्रमणमा पर्ने बालबालिकाको संख्या बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह सार्वजनिक गरेको तथ्यांकअनुसार वितेको २४ घन्टामा ५९५ बालबालिकामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।
आज भेटिएका ७ हजार ४४८ संक्रमितमध्ये ९ वर्षभन्दा कम उमेरका १५६ बालबालिकाहरु छन् भने १० देखि १९ वर्ष उमेर समूहका ४३९ बालबालिकाहरु छन् ।
सङ्क्रमणलाई उमेरगत रुपमा हेर्दा सबैभन्दा बढी ३० देखि ३९ वर्ष उमेर समूह छ । उक्त समूहको १ हजार ८७१ संक्रमित हुँदा २० देखि २९ वर्ष उमेर समूहका १ हजार ६८८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
