वितेको २४ घन्टामा कोरोना भाइरसको दैनिक सङ्क्रमण र मृत्युमा नयाँ रेकर्ड कायम भैरहँदा ६ सय भन्दा बढी बालबालिका सङ्क्रमण देखिएको छ ।
नेपालमा नयाँ भेरियन्टको कोरोना सङ्क्रमण तिब्र रुपमा फैलिरहँदा बालबालिकाहरु पनि यस भाइरसको सङ्क्रमणबाट ग्रसित भैरहेका छन् ।
आज देशभरका प्रयोगशालामा १६ हजार १३१ जनाको पिसिआर परिक्षण गर्दा भेटिएका ७ हजार ५८७ सङ्क्रमितमध्ये ९ वर्षभन्दा मुनिका बालबालिकाको सङ्ख्या १७४ छ भने १० देखि १९ वर्ष उमेर समूहका बालबालिकाको संख्या ४५२ रहेको छ ।
उमेरगत हेर्दा २० देखि ३९ वर्ष उमेर समूहका सबैभन्दा बढी सङ्क्रमित भएका देखिन्छन् । विगत १ हप्तादेखि तथ्याङ्कले पनि सो उमेर समूह बढी सङ्क्रमित भएको देखाउँछ ।
आज २० देखि २९ वर्षका १ हजार ८९३ र ३० देखि ३९ वर्ष उमेर समूहका १ हजार ९७४ जनामा सङ्क्रमण देखिएको छ ।