वितेको २४ घन्टामा कोरोना भाइरसको दैनिक सङ्क्रमण र मृत्युमा नयाँ रेकर्ड कायम भैरहँदा ७ सय भन्दा बढी बालबालिका सङ्क्रमण देखिएको छ ।
नेपालमा नयाँ भेरियन्टको कोरोना सङ्क्रमण तिब्र रुपमा फैलिरहँदा बालबालिकाहरु पनि यस भाइरसको सङ्क्रमणबाट ग्रसित भैरहेका छन् ।
आज देशभरका प्रयोगशालामा २० हजार ७५७ जनाको पिसिआर परिक्षण गर्दा भेटिएका ८ हजार ६०५ सङ्क्रमितमध्ये ९ वर्षभन्दा मुनिका बालबालिकाको सङ्ख्या २१३ छ भने १० देखि १९ वर्ष उमेर समूहका बालबालिकाको संख्या ५२४ रहेको छ ।
मङ्गगलबार ९ वर्षभन्दा मुनिका १७४ र १० देखि १९ वर्ष उमेर समूहका ४५२ गरी ६२६ बालबालिकामा सङ्क्रमण देखिएको थियो ।
उमेरगत हेर्दा २० देखि ३९ वर्ष उमेर समूहका सबैभन्दा बढी सङ्क्रमित भएका देखिन्छन् । विगत १ हप्तादेखि तथ्याङ्कले पनि सो उमेर समूह बढी सङ्क्रमित भएको देखाउँछ ।
आज २० देखि २९ वर्षका २ हजार ५१ र ३० देखि ३९ वर्ष उमेर समूहका २ हजार १०३ जनामा सङ्क्रमण देखिएको छ । त्यस्तैगरी ४० देखि ४९ वर्षका १ हजार ५५३ जना ५० देखि ५९ वर्ष उमेर समूहका १ हजार १७३ जना ६० देखि ६९ वर्ष उमेर समूहका ५९० जना ७० देखि ७९ उमेर समूहका २३७ जना ८० देखि ८९ उमेर समूहका ८६ जना ९० वर्षभन्दा माथिका ९ जना र उमेर नखुलेका ६६ जनामा सङ्क्रमण देखिएको छ ।
* सच्चाइएको : यसअगाडी “आज देशभर ७२७ बालबालिका कोरोनाको शिकार भए” भन्ने शीर्षकले अनर्थ लाग्ने भएकाले उक्त शीर्षकलाई सच्चाएर “आज देशभर ७२७ बालबालिकामा कोरोना सङ्क्रमण*” राखिएको छ ।