विराटनगरस्थि नोबेल मेडिकल शिक्षण अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार राति नोबेलमा उपचाररत ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मृतकमा छाती दुख्ने र ज्वरो आउने समस्या थियो । विराटनगर महानगरपालिका–२ घर भएका उनलाई कोरोना पुष्टि भएपछि आइतबार नै उपचारका लागि नोबेल अस्पतालले आइसोलेसनमा भर्ना गरेको थियो ।
दाहालका अनुसार बन्द भएको आइसोलेसन पुनः सञ्चालन गरेकै दिन उनको मृत्यु भएको हो । उनका अनुसार पुनः आइसोलेसन सञ्चालन गरेकै पहिलो दिन ६ जना संक्रमित भर्ना भएका थिए । भर्ना भएकामध्ये एक जना सङ्क्रमित पुरुषको ज्यान गएको दाहालले केटिएम दैनिकसँग बताए ।
अहिले नोबेलको आइसोलेसनमा पाँच जना संक्रमितको उपचार जारी रहेको छ ।