१९ वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ ।
बागलुङको ताराखोला गाउँपालिका-२ का २१ वर्षीय रेशम बनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद सजाय फैसला गरेको हो ।
कैदसँगै वनले पीडित युवतीलाई ८० हजार रकम क्षतिपूर्तिसमेत दिनुपर्ने फैसला गरेको छ ।
विसं २०७७ असार १७ गते ती युवतीलाई बलात्कार गरेको अरोपमा बनलाई प्रहरीले असार १८ गते पक्राउ गरेको थियो ।