नेपाल पत्रकार महासङ्घको निर्वाचन कमिटिले उम्मेदवारी मनोनयन गर्ने समय थप गरेपछि यसको विरुद्ध गजेन्द्र बुढाथोकीले कानुनी उपचार खोज्ने भएका छन् ।
यही २५ गते हुने केन्द्रिय समितिको चुनावको लागि मनोनयन दर्ता को अवधि चैत १४ गते दिउँसो ३ बजेसम्म तोकिएकोमा उक्त समयअवधिमा अध्यक्ष पदको लागि पत्रकार गजेन्द्रसिंह बुढाथोकीको मात्रै मनोनयन दर्ता भएको थियो तर निर्वाचन कमिटिले साढे २ बजे एक सूचना जारी गर्दै बेलुका ६ बजेसम्म मनोनयनको समयअवधि बढाएको थियो ।
बुढाथोकीले कानुन व्यवसायीहरुसँग छलफल गरिसकेको बताउँदै नेपाल पत्रकार महासङ्घको अवैधानिक कार्यविरुद्ध भोली अदालतमा रिट हाल्ने तयारी भैरहेको केटिएम दैनिकसँग बताए ।
र यो पनि
उम्मेदवारी मनोनयपत्र दर्ता गर्ने समय थप गरिएपछि सर्वत्र विरोध