नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट केन्द्रीय सदस्य (उपत्यका प्रदेश) बाट शन्तराम बिडारी विजयी भएका छन् ।
काठमाडौं उपत्यकामा तीन जिल्लाका मतदाताहरुले उनलाई १ हजार २ सय ८ मत दिएर बिजयी गराएका हुन् । उनले काठमाडौंबाट ८ सय ७८, ललिपुरबाट २ सय ७ र भक्तपुरबाट १ सय २३ मत ल्याएका छन् । विडारी यसअगाडीका काठमाडौं शाखाका अध्यक्ष हुन् ।
केन्द्रीय समितिमा उपत्यका प्रदेशबाट २ जनाले प्रतिनिधित्व गर्दछन् । विडारीसँगै ज्ञान प्रसाद पौडेल विजयी भएका छन् । उनले काठमाडौंबाट ४ सय ३६, भक्तपुरबाट १ सय ६ र ललितपुरबाट २ सय ८६ मत सहित कूल ८ सय २७ मत ल्याएका हुन् ।
सुरुमा ८ जनाले उम्मेदवारी दिएतापनि अमर भुजु, कृष्णप्रसाज शर्मा (कृष्ण लेकाली), भुवन शर्मा र रामचन्द्र खड्काले उम्मेदवारी फिर्ता लिएका थिए ।
चुनावी मैदानमा होमिएका ४ जनामध्ये बिदुर ढुङ्गेलले ४ सय ७९ र हेमराज सिलवालले ४ सय १९ मत ल्याएर पराजित भएका छन् ।