महोत्तरीमा फेरि बालिका बलात्कृत भएकी छन् । जिल्लाको एकडारा गाउँपालिका वडा नम्बर ४ की बालिकालाई सोही ठाउँका पुरन राउतले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
उनले ११ वर्षीया र ९ वर्षीया बालिकालाई बलात्कार गरेका हुन् । दिउँसो धम्क्याएर खेतमा लगी बलात्कार गरेको प्रहरीको भनाइ छ ।
ती बालिकाले घरमा आआफ्ना आमाबुवालाई आफू बलात्कृत भएको बताएकी थिइन् । घरका मानिस राउतसँग रिसाएपछि घरमै पुगेका थिए । बाहिरबाट गाली गर्दा समेत राउत घरबाट निस्केनन् ।
गाउँलेले पछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएर राउतलाई पक्राउ गरेको थियो । उनीमाथि बालिका बलात्कृत सम्बन्धि कसुरमा मुद्धा चलेको छ ।