
लकडाउनका कारण मानिसहरू निकै तनावमा रहे । लामो समयदेखि घरमै रहँदा पक्कै पनि मानिसहरूलाई तनाव हुनु स्वभाविक नै हो ।
अझ, चलचित्रको पर्दामा दैनिक रमाउने र काममा व्यस्त हुने कलाकारहरूका लागि त लकडाउनले उकुसमुकुस नै बनाएको छ । सामाजिक सञ्जालमा कलाकारले दर्शकलाई आनन्द प्राप्त गर्ने उपाय त सेयर गरिरहेका छन् । नायिका स्वस्तिमा खड्काले हालै केहि तस्बिर शेयर गरेकी छिन् । उनले शेयर गरेका हरेक तस्विर फ्यानहरुले रुचाउने गरेका छन् ।
हेरौं उनको बारेमा केही जानकारी
स्वस्तिमा खड्का, अभिनेत्री
जन्म मिति : जुलाई ४
जन्म स्थान : काठमाडौं
एसएलसी : सैनिक आवासीय महाविद्यालय, भक्तपुर
उचाइ : ५ फिट ६ इन्च
शिक्षा : आर्किटेक्ट इन्जिनियरिङ अध्ययनरत, थापाथली इन्जिनियरिङ क्याम्पस
पहिलो प्रतियोगिता : मिस टिन–२०१३ (उत्कृष्ट ५)
पहिलो चलचित्र : होस्टल रिटन्र्स
पहिलो म्युजिक भिडियो : मधुरो रात (सिने गुरुङ)
पहिलो लोकप्रियता : चलचित्र दुई रुपैयाँको कुटुमा कुटु गीतमा गरिएको नृत्य
प्रदर्शन हुन बाँकी चलचित्र : छक्का पञ्जा–२
लक्ष्य : सफल कलाकार बन्ने
पहिलो सफलता : चलचित्र होस्टल रिटन्र्स
श्रीमान् : निर्देशक निश्चल बस्नेत
पहिरन : क्याजुअल
पहिलो अवार्ड : चलचित्र होस्टल रिटन्र्सबाट एनएफडिसी एवार्डमा सर्वोत्कृष्ट सह–अभिनेत्री ।
उनको बारेमा थप समाचार
‘चिसो मान्छे’ को लागि स्वस्तिमाले १८ लाख पारिश्रमिक लिइन
नायिका स्वस्तिमा खड्काले चलचित्र ‘चिसो मान्छे’मा १८ लाख पारिश्रमिक लिएकी छिन् । स्वस्तिमाले चलचित्र करिअरमा वुझेको सबैभन्दा महंगो पारिश्रमिक यही नै हो ।
दिपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको यो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गर्न लागेकी हुन् । यो टिमसँग स्वस्तिमाले चलचित्र ‘लभ लभ लभ’मा काम गरेकी थिइन् ।
‘चिसो मान्छे’मा अभिनेताको रुपमा अर्पण थापा अनुबन्धित भएका छन् । निर्मात्री शर्मिला पाण्डेले फिल्म अभिनयको विषयमा अर्पणसँग कागजी साम्झौता भएको जानकारी दिएकी छन् ।
कोरोनाको कहर सामान्यपछि छायांकन सुरु हुने फिल्मको लेखन निर्देशक खनाल आफैंले गरेका हुन् । कोरोनाको कारण सरकारबाट घोषित लकडाउनमा उनले लेखन सक्याएका थिए ।
फिल्मको छायाकन पनि निर्देशन दीपेन्द्र आफैंले गर्दैछन् । यस अगाडिको सुपरहिट फिल्म ‘आमा’को छायाँकन पनि उनी आफैंले गरेका थिए ।
२०७८ साल भदौ ११ गते प्रदर्शन मिति तोकिएको फिल्मको छायांकन सुदूरपश्चिमका विभिन्न ठाउँमा हुने बताइएको छ । पहिलो पटक स्वस्तिमा र अर्पणले यो फिल्म मार्फत स्क्रिन शेयर गर्न लागेका हुन् ।
चलचित्रमा ३ जना कलाकार रहनेछन् ।
