पछिल्लो समय नेपाली कलाकारहरुले पनि सामाजिक काम गर्न थालेका छन् । कोरोनाको जोखिमका कारण फुर्सदिला भएका कलाकारहरुले फरक काम गर्न थालेका हुन् ।
केही सामाजिक सञ्जालमा प्रयोग गर्दै आम्दानी बढाउने काममा लागेका छन् भने केही समाजिक काममा सकृय हुँदैछन् । फिल्म हल कहिले खुल्ने हो कुनै टुंगो समेत नभएका कारण कलाकारहरुको भविष्य पनि अन्यौलमा छ ।
त्यसैले फरक काम प्रति पनि कलाकारहरुको रुचि जाग्न थालेको हो । नायीका प्रियंका कार्की र उनका पति घरमै प्रोडक्सन हाउस संचालन गर्ने योजनामा छन् । उनीहरुले एउटा युट्युव कार्यक्रम पनि संचालन गरिरहेका छन् । नायीका वर्षा राउत पनि पारिवारिक कामलाई नै युटु्युवमा सार्वजनिक गर्छिन । अन्य नायिकाहरुले पनि धेरै नयाँ काम थालेका छन् ।
त्यस्तै नायीका स्वस्तीमा खड्काले पनि कोरोना कहरमा अप्ठेरोमा परेकाहरुलाई सहयोग गर्न थालेकी छन् । नक्सालको हंकुक सारंग नाम गरेको कोरियन रेष्टुरेण्टमा स्वस्तीमाले यस्तै काम गरेकी हुन् ।
भक्तपुरका अप्ठेरोमा परेका बालबालिकाहरुलाई सहयोग गर्न उनले आफ्ना पुराना लुगा बेचेकी छन् । उनले आफुले एक दुई पटक मात्र लगाएका लुगा बेच्न राखेकी थिइन् । कतिपय किनेर राखेको तर लगाउँदै नलगाएको लुगा पनि थिए । उनले भनिन्, हामी केटी मानिस धेरै लुगा किन्छौं तर लगाउँदैनौ ।
कतिपय एक दुई पटक लगाएपछि पनि त्यतीकै राखेको हुन्छौ । ति लुगा नै दिँदा कतिलाई नराम्रो लाग्न सक्छ । फेरी नमिल्न पनि सक्छ । त्यसैले सस्तोमा ति लुगा किन्न चाहनेले किन्न पनि सक्ने भए । अनि अरुलाई पैसा दिएको पनि हुने भयो । त्यसैले मैले यस्तो योजना बनाए ।
उनले आफुले बेच्न राखेको केही बेरमै सबै लुगा बिक्रि भएको बताए । आफ्ना लुगाहरु किशोरीहरुले किनेको बताइन् । लुगाको मुल्य दुई सय देखि एक हजार रुपैया राखेको बताइन् ।