नेपाली कांग्रेसको १४ औं महाधिवेशन तोकिएकै समयमा नहुने देखिएको छ। महाधिवेशन गर्न (फागुन ७ देखि १० गते) तोकिएको मिति आउन अब ६ महिना मात्रै बाँकी छ। तोकिएको मिति आउन ६ महिना मात्रै बाँकी हुँदा समेत महाधिवेशन केन्द्रित बहस बाहेक कार्यतालिकाअनुसार अरु काम हुन सकेको छैन।
कांग्रेसमा सांगठनिक समायोजन, सदस्यता वितरण र नवीकरण लगायत कामहरु बाँकी नै छन्। यी कामहरु समयमै नसकिने पक्का भएकोले तोकिएकै मितिमा महाधिवेशन हुन नसक्ने देखिएको हो।
कांग्रेसमा सबैभन्दा जटिल विषय नै क्रियाशील सदस्यता वितरणको हो। महाधिवेशन कार्यतालिकाअनुसार काम अघि बढेको भए यति बेला क्रियाशील सदस्यता छानबिनको काम भइरहेको हुनुपर्ने होे। तर कार्यतालिकाअनुसार प्रारम्भिक काम पनि अघि बढ्न सकेको छैन। गुटगत स्वार्थका कारण क्रियाशिल सदस्यता वितरणको काम प्रभावित भएको छ।
कांग्रेसमा सबैभन्दा जटिल विषय क्रियाशील सदस्यता वितरणको हो। कार्यतालिकाअनुसार यति बेला क्रियाशील सदस्यता वितरणका लागि छानबिनको काम भइरहेको हुनुपर्ने होे। तर प्रारम्भिक काम पनि अघि बढ्न सकेको छैन।
महाधिवेशनका लागि महत्वपूर्ण क्रियाशील सदस्यता वितरण स्थानीय तहले गर्ने भएकाले वडा तहको संरचना नबनेसम्म महाधिवेशन प्रक्रिया लम्बिने निश्चित छ। वडाले क्रियाशील सदस्यता वितरण गर्ने प्रावधान कांग्रेस विधानमा छ। क्रियाशील सदस्यले महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि चयन गर्ने र क्षेत्रीय प्रतिनिधिले केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्छन्।
पुसदेखि माघसम्म स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका थियो । क्रियाशिल सदस्यता वितरण नै नसकिएकोले स्वतः यो कार्यतालिका पनि पछि सर्ने छ। यतिमात्र होइन संघीय संरचनाअनुसार कांग्रेसले पार्टीका आठ तहमा समायोजनका काम सकेको छैन। अधिकांश जिल्लामा समायोजनका काम बाँकी छन्।
र यो पनि पढ्नुहोस् :
नेकपा विवाद : बिग्रह टर्यो, समस्या टरेन
कोरोना महामारीका कारण पनि केन्द्रदेखि तलसम्मकै कार्यतालिका प्रभावित हुने देखिएको छ ।
कोरोनाको असर देखिएपछि गत फागुन २१ गतेदेखि महाधिवेशनका सबै गतिविधि रोक्दै कांग्रेसले कोरोनाबारे सचेतना कार्यक्रम गर्न नेता÷कार्यकर्तालाई निर्देशन दिएको थियो।
विकल्प
आउने फागुनमा पनि महाधिवेशन गर्न नसके अर्को ६ महिनाभित्र महाधिवेशन गरिसक्नुपर्ने कानुनी बाध्यता छ। पार्टीको विधानअनुसार विशेष कारण देखाएर एक वर्ष म्याद थपिएको छ । यद्यपि सभापति देउवासँगै अझै छ महिना महाधिवेशन लम्ब्याउन सक्ने विकल्प बाँकी नै छ ।
संविधानअनुसार पनि अझै छ महिना महाधिवशेनको म्याद थप्न सकिने प्रावधान रहेको छ । पार्टीको विधानले चार वर्षको कार्यकालभित्र अधिवेशन गर्न नसकेमा थप एक वर्ष बढाउन सक्ने व्यवस्था गरेको छ ।
गत पुस ११ गतेको केन्द्रीय कार्यसमिति बैठकले आउँदो फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा पार्टीको १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो। विधानअनुसार गत फागुनमै हुनुपर्ने महाधिवशेन विशेष कारण देखाई आगामी फागुनसम्मका लागि थपिएको हो।
विधानअनुसार प्रत्येक चार वर्षमा महाधिवेशन गर्ने प्रावधान छ। कांग्रेसले चार वर्ष फागुनमै गुजारिसकेको छ। एक वर्ष समय थपिएको समयमा पनि महाधिवेशन नहुने संकेत देखिएपछि अब अन्तिम विकल्प छ महिना म्याद थप गर्ने बाँकी रहनेछ।
तोकिएकै समयमा महाधिवेशन नहुने देखिएपछि कार्यतालिका परिवर्तन गरेर महाधिवेशनका गतिविधि गर्नुपर्ने नेताहरुको तर्क छ।
र यो पनि पढ्नुहोस् :
नेकपा महाधिवेशन चैतमा नहुने पक्का