नेपाली चलचित्र क्षेत्रमा ग्लामरस क्षेत्रमा प्रेम सम्बन्ध र बैवाहिक सम्बन्ध दुबै टिक्न निकै गाह्रो देखिएको छ ।
जसको उदाहरण हो उनीहरुको ब्रेकअप र डि भोर्स । कलाकारिताको क्षेत्रमा लागेकाहरुको व्यक्तिगत जीवन सहज नभए पनि डि भोर्स भएका उनीहरु करियर भने निकै च म्केको पाईएको छ ।
नेपाली चलचित्र क्षेत्रमा नायकहरुको भन्दा बढि नायिकाहरुको डिभो र्स भएको पाईएको छ ।
तर डिभोर्सपछि उनीहरुको लोकप्रियता र व्यस्तता दुबै बढेका नायिकाहरु निकै छन् ।
जान्नुहाेस् डिभोर्स फापेका नायिकाहरुको बारेमा कुरा गरौँ ।
रेखा थापा–
नायिका रेखा थापा र निर्माता छबीराज ओझाबीचको सम्बन्ध कसलाई थाहा छैन होला र ।
छबीले नै रेखालाई यस क्षेत्रमा भित्राएका हुन् । लामो समय एकसाथ रहेका उनीहरुको करियर र फिल्म दुबै राम्रैसंग चलेको थियो ।
तर एकाएक रेखा छबीसंग अलग भईन र आफनै निर्मात्री बनिन् ।
डिभोर्सपछि उनको सक्रियता झनै बढेको थियो । पछिल्लो समय भने नब नायिकाहरुको आगमनसंगै उनी थोरै असफल देखिएकीछिन् ।
रिमा बिश्वकर्मा
‘स्वर’ चलचित्रमार्फत डेब्यु गरेकी रिमाले मिडियाबाट आफनो करियर सुरुवात गरेकी हुन् । चलचित्र क्षेत्रमा खासै सफलता नपाएको उनको व्यस्तता भने कम छैन ।
विभिन्न कार्यक्रम, म्युजिक भिडियोमा सक्रिय रहेकी उनको व्यस्तता डिभोर्सपछि झनै बढेको छ ।
उनले केही दिन अगाडीमात्र आफनो ३ बर्षे बैवाहिक जीवनको अन्त्य गर्दे रोबोर्ट बिश्कर्मासंग डि भोर्स लिएकी हुन् ।
प्रियंका कार्की–
नेपाली चलचित्र क्षेत्रकी चर्चित अनि व्यस्त नायिका प्रियंका त्यस्ती नायिका हुन् जसलाई डि भोर्स सबैभन्दा बढि फापेको छ ।
रोचक मैनालीसंग बिवाह गरेकी उनले आफनो करियरको सुरुवाती दौरानमा नै डिभोर्स गरिन् ।
डिभोर्सपछि चलचित्र र म्युजिक भिडियो, स्टेज शोमा उनको व्यस्तता, लोकप्रियता र सफलता यसरी बढ्यो की आज उनलाई डि भोर्स फापेको भन्नेहरुको कमी छैन् ।
हाल उनले नायक आयुषमान देसराज जोशीसंग बिवाह गरिसकेकी छन्।
छुल्ठिम गुरुङ–
गायक धिराज राईसंग डि भोर्स गरी चलचित्र क्षेत्रमा पाईला राखेकी छुल्ठिमले नोभेम्बर रेनमार्फत डेब्यु गरिन् ।
उक्त चलचित्रमा उनको अभिनयको चौतर्फी चर्चा भएपछि उनलाई फिल्मको अफर निकै आएको थियो ।
तर अब चलचित्रमा काम गर्ने घोषणा गरेकी छुल्ठिमले त्यसपछि काम गरेका चलचित्रहरुमार्फत खासै चर्चा कमाईन् । यद्धपी उनलाई डि भोर्सपछि नै नायिका छुल्ठिम भनेर चाहि चिनाएको छ ।