
स्वयम्भूमा सार्वजनिक बस पल्टिदाँ चालकको मृत्यु भएको छ।
बा ४ ख ५९८४ नम्बरको संयुक्त यातायातको बस ठूलोभर्याङ र हलचोक बीचको सडकमा पल्टिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्दाजी २३/२४ वर्षको देखिए पनि मृतकको सनाखत हुन नसकेको महानगरीय प्रहरी वृत्त स्वयम्भुका डिएसपी निरजन दत्त भट्टले जानकारी दिए।
बसपार्कमा पार्किङ गर्न लैजादैँ गर्दा दुर्घटना भएको अनुमान गरिएको छ। उनको शव पोष्टमार्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ।
मृतक बसका चालक हुन् कि सहचालक हुन् भन्ने विषयमा अनुसन्धान भइराखेको डिएसपी भट्टले बताए । गाडीमा चालक एक्लै भएकाले दुर्घटनामा अन्य कोही घाइते भएका छैनन्।