सिरहा । जिल्लाको सिरहा नगरपालिका वडा नम्बर(१० मा आज बिहान एक पुरुषको श-व फेला परेको हो ।
पदमपुर–नरहैया सडकमा सिरहा नगरपालिका १० का अन्दाजी ५० वर्षीय झगरु मुखियाको शव फेला परेको छ । रातिदेखि नै बेपत्ता मुखिया आज नवनिर्मित सडकको कलर्भट मुनी मृ त अवस्थामा फेला परेका छन् ।
उनको ह-त्या गरेर फालेको हुनसक्ने स्थानीयले आशंका गरेका छन् । प्रहरीले घटना सम्बन्धमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) बिनोद घिमिरेले जानकारी दिए ।