
भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ ।
गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो ।
‘बिभिन्न नेपाली गुट/समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस्,’ भारतको धार्चुला प्रशासनले जिल्ला प्रशासन कार्यालयल दार्चुलालाई पठाएको पत्रमा लेखिएको छ, ‘अतः यस प्रकारका कुनै सूचना तपाईंहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनु होला ।’
नेपालले हालै कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो । ती भूभागलाई भारतले आफ्नो भनेर कब्जा गर्दै आएको छ ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले टिङ्कर, छाङरूङ क्षेत्रमा सशस्त्र तथा नेपाली सेना पुगेदेखि चहलपहल बढेका कारण भारतले सशंकित भइ पत्र पठाएको हुनसक्ने बताएका छन्।

भारतले कालापानी, लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीच सीमा विवाद सुरू भएको थियो। त्यसपछि नेपालले पनि कालापानी, लिम्पियाधुरा समेटेर जेठ ७ गते आफ्नो नयाँ नक्सा जारी गरेको थियो।
नेपाल सरकारले हालै कालापानी नजिक छाङ्रुमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरेपछि त्यहाँ केही गतिविधि बढेको छ । हालै त्यहाँ नजिक सडकको ट्र्याक खोल्ने काम भइरहेको छ ।

कालापानी सीमा विवाद नेपालले कहिले थाहा पायो ?
कालापानीमा भारतिय फौज रहेको कुरा नेपालले कहिले देखी थाहापायो भन्ने सम्वन्धमा धेरैमा कौतुहलता रहेको छ । नेपालले बेला मौकामा थाहा पाएर बेवास्ता गरेको हो वा पछिमात्र थाहा भयो वा सरकार प्रमुखहरु आफ्नो कुर्ची बचाउन चुपलागे भन्ने अहिले जनमानसमा कौतुहलता देखिएको छ जुन स्वभाविक पनि हो र नेपाली युवाहरुले आफ्नो भूमी फिर्ता ल्याउन कठोर कदम ढिलो भएपनि चाल्नु पर्ने छ ।
कैलाली बहुमुखी क्याम्पस धनगढीका सह. प्राध्यापक डा.लोक बहादुर विष्टले “कालापानी सीमा विवादको इतिहाँस” शीर्षकमा लेखेको यो ब्लग पनि पढ्नुहोस्