
कन्चनपुर । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बला-त्कारपछि ह-त्या भएको दुई वर्ष पूरा भएको छ ।
२०७५ साउन १० गते साथीको घर जान भनि आफ्नो घरबाट निस्किएकी उनको भोलिपल्ट उखुबारीमा श-व फेला परेको थियो ।
घटनाको अनुसन्धानका लागि प्रहरीका दर्जनौ टोलीले खटिए । देशव्यापी आन्दोलनहरु पनि भए । तर अहिलेसम्म ह-त्यारा पत्ता नलागेपछि पीडित परिवारले न्यायको आश मार्दै गएका छन् ।
त्यसैले त यतिबेला निर्मलाकी आमा दुर्गा देवीको पनि दैनिकी बदलिएको छ । हातमा पुरानो साइकल लिएर बिहान महेन्द्रनगर अनि बेलुका साइकल चलाउदै घर आउजाउ चलिरहेको छ ।
एक वर्ष अघिसम्म त्यहि साइकल चलाउदै उनी छोरीको न्यायका लागि महेन्द्रगर बजार पुग्थिन ।
तर, अहिले दैनिकी फेरिएको छ । दुर्गा देवी न्यायका लागि नभई रोजगारीकालागि अहिले महेन्द्रनगर जान्छिन् ।
बला-त्कारपछि ह-त्या भएको १३ वर्षीया निर्मला पन्तको ह-त्या अभियोगमा पक्राउ परेका व्यक्ति बास्तविक अभियुक्त नरहेको भन्दै स्थानीयले कञ्चनपुरमा प्रदर्शन गरेका थिए ।
बला-त्कारपछि पन्तको ह-त्या गर्ने वास्तविक अपराधी जोगाउन प्रहरीले मानसिक अवस्था ठीक नभएको व्यक्ति पक्राउ गरि सार्वजनिक गरिएको भन्दै स्थानीय जनसमुदायहरू आन्दोलित भएका थिए ।