कोरोनाको महामारीले गर्दा नेपाल सरकारले चैत ११ गते देखि लकडाउनको घोषणा गर्यो । सधै यताउता हिडिरनुपर्ने हामी घरभित्र नै बस्दा आफुलाई थुनिएको वा गुम्सिएको महसुश गर्यौं ।
लकडाउनको समयमा तपाईले के सीप सिक्नुभयो ? कसरी आफुलाई व्यस्त राख्नुभयो ? आफुले आफुलाई व्यस्त राख्न सक्नु पनि महान कार्य हो । हामीले लकडाउनको सदुपयोग नगरे पनि काठमाडौंको काडाघारी बस्ने दीपा धिमाल (काफ्ले) ले भने आफ्नो सिपलाई सदुपयोग गरेकी छिन् ।
शिक्षित महिलाहरुले सरकारी जागिर मात्र खानुपर्छ भन्ने भ्रमलाई चिर्दै उनले लकडाउनको समयलाई सदुपयोग गरेकी हुन् । ५ वर्ष अगाडी नै उनले ब्युटी पार्लर सम्बन्धि तालिम लिएकी थिइन् । उनले बिहे पश्चात आफ्नो सिपको सदुपयोग गर्न पाईनन् । श्रीमानको जागिरको सिलसिलामा उनी पनि बिभिन्न जिल्लाहरु पुगिन् ।
नयाँ ठाउँ र परिवेशमा रहँदा पनि उनले त्यहाँको संस्कार संस्कृति र रहनसहनका साथमा त्यहाँको फेसन सेन्सको बारेमा पनि धेरै कुरा सिक्ने मौका पाईन ।
खाने मुखलाई जुँगाले कहाँ छेक्छ र ?
जहाँ गए पनि साथीभाई बनाएर उनीहरुलाई मेकअप सिकाउने र आफुले जानेको टिप्सहरु दिने गर्न थालिन् जस्ले गर्दा उनले ५ वर्ष अगाडी सिकेको सिप जिबन्त रह्यो । उनले पार्लर सम्बन्धी काम नगरे पनि फुर्सद को समय मा पार्लर सम्बन्धी भिडियो युट्युबमा हेर्ने र नयाँ कुरा सिक्न थालिन् ।
उनको रहर बढ्दै गएपछि उनले आफु मात्र हैन नजिक हुने जो कोहीलाई नि मेकअप गरिदिने, ब्युटी टिप्स दिने र सर सल्लाह दिने गर्न थालिन् । त्यसपछि उनको बच्चा भयो र उनी बच्चा सँग नै रमाउन थालिन् ।
छोरी २ वर्ष भएपछि छोरी लाई स्कुल भर्ना गरेर दिनको को ७/८ घण्टाको समय खेर जान नदिन आफुले सिकेको सिपलाई सदुपयोग गर्दै २०७६ साल फाल्गुन महिनामा कागेश्वरि मनोहरा नपा वडा न ९, सुन्दरी चोक, खहरे भन्ने ठाउँमा , अर्चिता ब्युटि पार्लर एण्ड कस्मेटिक्स सुरु गरिन् ।
फाल्गुनमा शुरु गरेपनि चैत ११ गतेबाट लकडाउन शुरु भएपछि उनको सपना डगमगाउने अवस्थामा पुग्यो तर उनी नअत्तालिकन अब नयाँ के गर्न सक्छु भनेर सोच्न थालिन् ।
छोरीको स्याहार र घरको सबै काम सकिएपछि उनी युट्युवमा समय दिन थालिन् । ब्युटीसम्बन्धी भिडियो हेर्दै जादाँ उनले सिल्क थ्रेड र पलबाट बनेका गरगहनाहरु देखिन् ।
त्यसपछि उनलाई पनि यस्तो गरगहना आफुले पनि बनाएर बेच्न पाए भन्ने बिचार आयो । लकडाउनको समय भएकोले बाहिर निस्कन सक्ने अवस्था थिएन । काठमाडौंमा कतै तालिम दिने संस्थाहरु छन् कि भनेर बुझ्दा कतै पनि नभएको थाहा पाइन् र आफै सिक्ने अठोट गरिन् ।
१ महिनासम्म युट्युब हेरेर सिकेपछि उनले आफै बनाउन सुरु गरिन् । श्रीमान सरकारी जागिरमा भएको र शैक्षिक योग्यता भएकोले दीपालाई सरकारी जागिर खानु पर्ने बाध्यता थियो । तर आफुले सिकेको सीप र इच्छालाई आत्मसाथ गर्दै उनले स्वरोजगारमा जोड दिइन् र व्यवसाय शुरु गरिन् ।
अब उनी महिला मा जोड दिदै महिला स्वरोजगारको लागि उदाहरण बन्न चाहन्छिन् । धागोले बनेका गरगहनाहरु हातले नै बनाउनु पर्ने हुदाँ फुर्सदको सदुपयोग हुने, आय आर्जन हुने र आफु पनि व्यस्त भइन्छ ।
उनले संचालन गरेको अर्चिता ब्युटी पार्लर ले सिल्क थ्रेड बनाउन १० दिने तालिम पनि दिने गरेको छ ।सिप सिक्न चाहने विद्यार्थीहरुलाई कच्चा पदार्थ आफै उपलव्ध गराउने र उनीहरुले बनाएको सामानको बिक्री बितरण पनि गर्दछ ।
यस्ता गहना बनाउन प्रयोग हुने कच्चा पदार्थ प्राय सबै भारत बाट आयात गर्नु पर्ने अवस्था छ ।
नेपाल मा नै यस्को उत्पादन भए अर्को रोजगारी को सिर्जना हुने देखिन्छ । नेपालमा नै उत्पादन भएको खण्डमा धेरै महिलाहरु स्वरोजगार बन्ने थिए ।
तपाई पनि सीप सिकेर स्वरोजगार बन्न चाहनुहुन्छ भने ९८४९०४७३१९ मा सम्पर्क गर्न सक्नुहुनेछ या अर्चित ब्युटी पार्लर एण्ड कस्मेटिकमा सम्पर्क गर्न सक्नुहुनेछ ।
दीपा धिमालले बनाएका सामाग्रीहरु हेर्नुहोस