न कुनै तनाव, न कुनै कुराको झर्को जस्ले म्यासेज गरेपनि तुरुन्तै रिप्लाई गर्छिन् र आफ्नो कपडाको ब्रान्डको बारेमा चर्चा गर्न सुरु गर्छिन् । उनी हुन् २४ वर्षीय इशा खनाल । सेकेन्ड हेन्ड लेडिज गुप्र होस, या नारीहरुको सुख दुखको चौतारी माइतीघर भन्ने गुप्र कसैले लुगा चाहियो भनेर पोष्ट हालिसक्दा रिप्लाइ गर्न भ्याउने इशा मिजासिली स्वभावकी छिन् । न कसैको प्रश्नमा झर्को मान्छिन्, न त कसैले भनेको कुरालाई नराम्रो रुपमा नै लिन्छिन् मुसुक्क हास्दै आफ्ना सामानहरु देखाउँछिन् ।
नृत्यमा एकदमै सोखिन रहेकी इशा बिभिन्न कार्यक्रमहरुमा सहभागी हुन्थिन् । कलेजको कार्यक्रम देखि लिएर, जता जता नृत्य प्रतियोगिता हुन्थ्यो त्यहाँ पुग्ने उनको बानी थियो । झापाको बिर्तामोडमा जन्मिएकी इशा अहिले काठमाडौंमा छिन् । झापामा रहेर बिभिन्न कार्यक्रमहरुमा भाग लिन जाँदा उनलाई लुगाको एकदमै समस्या पर्ने बताउँछिन् । कल्चरल कार्यक्रमको लागि भाडामा लुगा ल्यायो,एकदमै पसिना गनाउने देखि लिएर च्यातिएका र एकदमै फोहोर हुन्थ्यो । अन्य केही बिकल्प नभएकोले उनले त्यही लुगामा नाच्थिन् रे ।
उनले पुर्वाञ्चल क्याम्पसबाट इन्जिनियरिङ्ग इन कम्प्युटर साइन्समा व्याचलरसम्मको अध्ययन गरेकी छिन् । उनी सम्झन्छिन्,”व्याचलर पढ्दा कलेजमा हुने फेयरवेल,वेलकम,कल्चरल मुमेन्टहरुमा लगाउने लुगा नै नहुने,हामी केटीहरुलाई राम्री हुन्, नयाँ नयाँ लुगा लगाउन एकदमै मन पर्ने तर बिद्यार्थी जीवनमा सधै पैसाको अभाव हुने भएकोले पुरानै कपडामा चित्त बुझाउनु पर्ने बाध्यता थियो ।”
कार्यक्रम र कपडाको तनाबले गर्दा म र मेरो साथी नितु कोइरालाले हामी पैसा कमाएपछि टन्ने लुगा किन्ने अनि हामी जस्तै पैसा नभएका विद्यार्थीहरुलाई सस्तोमा भाडामा दिने है भनेर सल्लाह गर्यौ र तत्कालै एउटा पेज बनाएर राख्यौं,उनले मुस्कुराउँदै बिगतका कुरा सुनाइन् ।
त्यही बेला जन्मेको रेन्टल क्लोथ स्टोर अर्थात कपडा भाडामा लगाउन दिने उनको सपना साकार भएको छ । उनी करिब डेढ वर्ष अगाडी काठमाडौं आइन् र आफ्नो सपना साकार पार्ने अभिलाषाका साथमा आइटी कम्पनीमा काम गर्न थालिन् । डेढ वर्षमा उनले गरेको सेभिङले उनले अहिले अनलाईन रेन्टल हाउस:द गणेश क्लोसेट खोलेकी छिन् । बिगत ३ वर्ष देखिको उनको योजना यही मंसिरबाट साकार भएको छ । कोरोनाको महामारीले गर्दा मन भएर पनि उनले आफ्नो योजनालाई सफल बनाउन नसकेको बताउँछिन् ।
शंकमुलमा रहेको उनको रेन्टल स्टोरमा विशेष गरी १६ देखि ३५ वर्ष उमेरसमुहका लागि आवश्यक पर्ने लुगाहरु पाईन्छ । धेरै लगानी गर्ने पैसा नभएकोले मैले छिमेकी बैनीलाई मोडल बनाए । क्यामेरा भएको साथीलाई बोलाएर फोटो खिच्न लगाए । र कपडा किनेर आफ्नो नयाँ व्यापार सुरु गरे । कस्तो हो के हो केही पनि थाहा छैन, त्यही पनि काठमाडौंमा नयाँ नै छु, सुरुमा म र मेरो परिवार एकदमै डरायौं तर पारिवारिक समर्थन पाएर म अगाडी बढ्नै क्रममा नै छु उनले भनिन् ।
आमा बुबाको आशिर्वाद भन्दा ठूलो संसारमा केही छैन भन्ने मान्यता राखेकी इशाले आफ्नो बुबाको नामबाट रेन्टल स्टोर खोलेकी हुन् । झापामा नै दशै तिहार मानेर एउटा सुटकेशमा कपडा हालेर काठमाडौं आइन् । न कोही व्यापार व्यवसायमा छन् न त उनी व्यवस्थापनको विद्यार्थी नै हुन् । शुरुमा निकै अत्तालिएकी इशालाई जसरी हुन्छ यही व्यवसाय गर्ने अठोट थियो । मेरो पेज सानो भएकोले मैले फैसबुक मार्फत प्रमोशन गरे, धेरैले धेरै थरीका प्रश्नहरु सोध्नु भयो तर कसैले पनि लिने कुरा गर्नु भएन । मनमा अनेक थरीका डरहरु उत्पन्न भएको उनी स्वीकार्छिन्, यत्रो कपडा किनेर यति मेहिनत गरेको छु, एउटा पनि अर्डर नआउँदा त म अत्तालिए नि उनले थपिन् ।
पछि लगनको बेला एकैपटक ८ ओटा कपडाको अर्डर आयो । कपडा त दिने तर बिश्वासको आधार के त भनेर सोच्न थालेकी उनी केही पैसा र नागरिकता डिपोजिट राखेर लुगा भाडामा लगाउन थालिन् । भर्खरै शुरु गरेकोले खासै मार्केट लिन नसकेको उनको भनाइ छ । उनले भनिन्,”भर्खरै सुरु गरेको छु, खासै मार्केट लिन सकेको छैन तर पनि आगामी दिनमा म सफल भएर नै छाड्छू।”
१ लाख लगानीबाट शुरु गरेकी उनले अझै धेरै कुराहरु अपुग भएको बताउँछिन् । बेबी सावरको लागि आवश्यक कपडा, कपल लुगालगायतका लुगाको अर्डरहरु पनि धेरै आउँछन् तर अब यही कपडाले कमाएको पैसाबाट जोड्दै जाने उनको चाहान छ ।
धनगढी,बिर्तामोड, हेटौडा र दाङ्गबाट धेरै अर्डर आउने हुदाँ केही ऋण लिएर आगामी दिनहरुमा त्यहाँ पनि शाखा खोल्ने योजनामा छिन् इशा । व्यापारमा नाफा घाटा भएपनि राम्रो लुगा लगाउन पाए भनेर खुशी हुने ग्राहकको अनुहारले नै उनलाई सन्तुष्टी मिलेको बताउँछिन् । मसँग भएको लुगा एकदमै सफा र राम्रो क्वालिटीलीको भएकोले एकपटक लानुभएको कस्ट्युमर फेरि फर्केर आउनुहुन्छ जस्ले मलाई सन्तुष्टी दिएको छ ।
उनको पसलमा भेटिएकी पुनम शर्मा भन्छिन्, ‘भाडाको लुगा ल्याउँदा कम खर्चमा नयाँ लुक्स दिन सकिन्छ। तसर्थ म यस्ता समारोहमा जानु परे प्रायः भाडामा लुगाहरू लिने गर्छु।’
पहिला आवश्यक लुगाहरू किन्ने बानी भए पनि अचेल लुगामा धेरै पैसा खेर नफाल्ने गरेको उनले बताइन्। एउटा डिजाइनको पहिरन अर्को कार्यक्रममा लगाउँदा नरमाइलो महसुस हुने उनले बताइन्। ‘कोहीभन्दा कम किन हुनु ?’ उनी भन्छिन्।
भाडामा लिएर पैसा बचाउने र फेसनेबल बन्न सुरु गरेको उनले बताइन्। ‘पार्टी वेयर ड्रेस किन्दा वा बनाउँदा सामान्यतया १० हजार रूपैयाँ खर्चनुपर्छ, हामीले किनेको ह्याबी पहिरन दैनिक प्रयोग पनि हुँदैन, समालेर राख्न हाम्रो स्याहार पनि पुग्दैन, त्यसकारण पार्टी अनुसारको रोजेर भाडामा ल्याउनु नै बुद्धिमानी उपाय हो जस्तो लाग्यो।’ उनले भनिन् ।