सप्तरीको राजगढ गाउँपालिका–६ मा सर्पको डसाइबाट १८ महिने बालकको मृत्यु भएको छ ।
घरमा सुतिरहेको समयमा सर्पको टोकाइबाट मोहम्मद तैयब खानका छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
मृतक बालकको नाम भने प्रहरीले खुलाइएको छैन् ।
सर्पको टोकाइबाट गम्भीर घाइते भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालतर्फ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वर्खायाम सुरु भएसँगै तराईका जिल्लाहरुमा सर्पको विगविगी बढ्न थालेको छ । समयमै उपचार हुन नपाउँदा धेरै मानिसहरुले ज्यान गुमाइरहेका छन् ।
चिकित्सकले सर्पले टोक्दा के गर्ने र के नगर्न भन्ने विषयमा केही सल्लाह दिएका छन्।
के गर्ने ?
तत्काल इमर्जेन्सीमा गइहाल्नुपर्छ। टोकेको त्यति विषालु नभएपनि टिटानस र केही गम्भीर ब्याक्टेरियल संक्रमणको खतरा हुनसक्छ।
सकेसम्म टोकेको स्थानलाई अलि अलि भएपनि चलाउनुपर्छ, यसले विष अलि ढिलो फैलन मद्धत गर्छ।
सर्प कस्तो थियो भन्ने पनि याद गर्नुहोला। यसले चिकित्सकलाई उपचारमा सहयोग पुग्नेछ। सकेसम्म कुन स्थानमा टोकेको थियो भनेर पनि भन्नुहोला।
टोकेको समय पनि ख्याल गर्नुहोला। यसले कति समयअघि टोकेको थियो भनेर उपचार गर्न सहयोग मिल्छ।
कुनै गहना छ भने सुन्निनुभन्दा पहिल्यै निकाल्नुहोला।
आवश्यक पर्छ भने दुखेको कम गर्न टाइलेनोल (पारासिटामोल) लिनुहोला।
सर्पदंश उपचार केन्द्रको नम्बर सधैं साथमा राख्नुहोला।
के नगर्ने ?
सर्पलाई समात्ने या मार्ने प्रयास नगर्नुहोला। सर्पले फेरि टोक्न सक्छ ।
टोकेको स्थानमा चुस्ने प्रयास नगर्नुहोला। सर्पको विष मुखबाट गयो भने तपाईंका लागि अर्को खतरा हुनेछ।
टोकेको क्षेत्रमा बेस्सरी नबाँध्नुहोला।
टोकाईको पीडा बिर्सन रक्सी सेवन नगर्नुहोला। बरु यसले विष चाँडो फैलन सहयोग गर्छ।
टोकेको ठाउँमा चिसो, आइस, तातो या कुनै पनि खालको मल्हम नलगाउनुहोला।
एस्पिरिन, ब्रुफेन या अन्य खालको पेनकिलर नलिनुहोला। यस्ता पेनकिलरले रगत पातलो बनाउँछ।
टोकेको स्थानमा काटेर रगत झार्ने प्रयास नगर्नुहोला, यसले शरीरको तन्तु नष्ट गर्छ।