
सुशान्त सिंह राजपुतकी प्रेमिका भनेर चिनिएकी रिहा चक्राबती भारतको मुम्बईमा रहेको कोपर अस्पताल पुगेकी छिन् । उनी भाबुक भएको र रोईरहेको तस्विरहरु भारतीय सञ्चारमाध्यम पिंकभिल्लाले सार्वजनिक गरेको छ ।
आइतबार आ त्मह त्या गरेका सुशान्तले शनिबार उनलाई घर पुर्याएर फर्किएको समाचार यसअगाडी केटीएम दैनिकमा प्रकाशित भैसकेको छ ।
आज बिहान बिहारको पटनाबाट सुशान्तको बुवा के के सिंह राजपुत सहित परिवारका अन्य सदस्यहरु पनि मुम्बई स्थित अस्पतलामा पुगिसकेको छन् । ३ दिदीबहिनीका एक्ला भाई सुशान्त आमाको देहान्तपछि निकै तनावग्रस्त थिए ।
बिहान पटनाबाट विमानमा उनको दिदी भिनाजुको साथमा बुबा मुम्बई आइपुगेका हुन । सुशान्तको पो स्टमा र्टम रिपोर्ट पनि अस्पतालले बहिनीलाई जिम्मा लगाइसकेको छ । पो स्टमा र्टम रिपोर्टमा उनको निधन सास थुनिएर भएको देखिएको छ।
उनको झु ण्डिएका कारण सास बन्द भएर उनको निधन भएको देखिएको हो। उनले कुनै प्रकारको नसालु पदार्थ सेवन भने नगरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान जारी छ।
राजपूतको आज मुंबईमा अन्तिम संस्कार गरिने तयारी थालिएको छ।


