टेलिभिजन क्षेत्रको चर्चित नाम हो मानव र अर्चना !
जी टिभीबाट प्रसारण भएको “पवित्र रिश्ता बाट यो जोडीको चर्चा घरघरमा भयो ।
उनीहरु रिल र रियल लाईफमा पनि एकदमै नजिक भए ।
सुशान्त सिंह राजपुत र अंकिता लोखन्डेबाट मानव अंकिता भए ।
उनीहरुलाई रियल भने रिल नामले चिन्न थाले ।
बिस्तारै उनीहरुको प्रेम झांगिन थाल्यो ।
उनीहरु सेटमा पनि नजिक हुन थाले ।
एकजना दुईजना हुदै मानव र अंकिता प्रेममा छन् भनेर व्यापक हल्ला भयो ।
उनीहरुका फ्यानहरु एकदमै खुशी भए ।
बिस्तारै मानव टेलिभिजन छाडेर फिल्म क्षेत्रमा फड्को मारे ।
उनीहरु लिभिङ् टुगेदरमा बस्न थाले ।
अंकिताले आमाले भन्दा बढी माया गरेर राखिन् ।
उनीहरुले आफ्नो सानो संसार राम्रोसँग सजाईरहेका थिए ।
सुशान्तले फिल्म क्षेत्रमा प्रगति गरिरहेका थिए ।
उनीहरु सँगै अवार्ड देखि लिएर भ्याकेसन मनाउन समेत पुग्थे ।
तर समयले उनीहरुलाई साथ दिएन । उनीहरु फ्यानलाई दुखी बनाउँदै छुट्टिए ।
अंकिता डिप्रे-शनमा पुगिन् । लामो समयसम्म टिभी तथा साथीहरुबाट टाढा भइन् ।
र अन्त्यमा जीवनसाथी फेला पारिन् ।
https://www.instagram.com/p/B_Xg24eBXt-/?utm_source=ig_embed
अहिले उनी ट्रोलको शिकार भएका छन् । सुशान्तको ह-त्याराको ट्याग भिरेका छन् ।