
अल्पायुमै ज्यान गुमाएका बलिउड अभिनेता सुशान्तको अन्तिम संस्कार गर्न उनका बाबु मुम्बई आइपुगेका छन् ।
सुशान्तको बुबा के के सिंह राजपुत छोराको अन्तिम संस्कार गर्नको लागि बिहारको पटनाबाट मुम्बई आएको भारतीय संचारमाध्यम पिंकभिल्लाले बताएको छ ।
उनी छोरी र ज्वाइको साथमा मुम्बइ एयरपोर्टबाट बाहिर निस्कदै गरेको फोटो सार्वजनिक भएको हो । के के सिंह राजपुतका ४ सन्तानमध्ये सुशान्त एक्ला छोरा हुन् । सुशान्ताका ३ जना दिदीबहिनीहरु रहेका छन् ।
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आ त्मह त्याको खबरले दर्शक, मिडियादेखि बलिउडसम्म स्त ब्ध छ । मुम्बाई प्रहरीले उनको आ त्मह त्याबारे छानबिन गरिरहेको छ ।
तर, मुम्बाई प्रहरीले छानबिनका क्रममा घटना स्थलबाट कुनै सु साइड नोट नभेटिएको बताएका छन् । जसका कारण सुशान्तको आ त्मह त्या एक रहस्य नै बनिरहेको छ ।
उनको मृत्युको खबर सुनेपछि बेहोस बनेका बुबालाई सम्हालेर ल्याइएको बताइएको छ ।



बलिउडका पापाराजीले केहि समय अगाडी सुशान्त र रिहालाई सँगै भेटेको थियो । तर सुशान्तले केहि प्रतिक्रिया दिन मानेन्न र गाडीमा चढेर आफ्नो घर गएका थिए ।
https://www.instagram.com/p/B9mIvK9gD64/?utm_source=ig_embed
उनका अंकलका छोरा पन्ना सिंहका अनुसार उनले त्यो फोनमा सबैलाई घरमा आएर बद्रीनाथ लिएर जाने बताएका थिए ।
उनले ठूलीआमालाई पनि यो वाचा गरेका थिए । आइतबार उनकी ठूली आमाले यो समाचार थाहा पाएपछि बारम्बार आफूले ठूलो सपना गुमाएको बताउँदै रोएकी थिइन् ।
पन्ना सिंहका अनुसार सुशान्तको विवाह यही नोभेम्बरमा हुँदै थियो । विवाह कोसँग हुने भन्ने तय नभएको तर नोभेम्बरमा नै हुने निश्चित भइसकेको पन्ना सिंहले भारतीय मिडियालाई जानकारी दिएका छन् । तर रिहासँगको हिमचिमले उनफहरु सम्बन्धमा बाँधिन लागेका त थिएन्न् भनेर प्रश्न उठ्न थालेकाे छ ।
https://www.instagram.com/p/B9mI-CEAnPD/?utm_source=ig_embed
आइतबार बिहानको घटना यस्तो थियो
आइतबार बिहानको उनको पछिल्लो क्रियाकलापबारे सुशान्तसिंह राजपूतको घरमा काम गर्ने सहयोगीले पुलिसलाई भनेका छन्— विहानसम्म सब कुरा ठीक थियो । विहान साढे ६ बजे सुशान्तसिंश निद्राबाट उठे । घरमा काम गर्नेले उनलाई ९ बजे अनारको जुस दिए । र उनले पनि पिए ।

यसपछि शुसान्तले आफ्नी बहिनीसँग गफ गरे । बहिनीसँग गफ गरेपछि उनले आफ्नो साथी महेश शेट्टीसँग गफ गरे । जो तिनै अभिनेता हुन जसले सुशान्तसँगै आफ्नो अभिनय करिअर सुरु गरेका थिए ।
यी दुब एकसाथ एकता कपुरको सो ‘किस देश में होगा मेरा दिल’मा देखिएका थिए । यी असाध्यै मिल्ने साथी थिए । सुशान्तको अन्तिम फोन कल उनै मिल्ने साथी महेशसँग भयो ।
यसपछि उनी आफ्नो कोठामा गए । र ढोका भित्रबाट बन्द गरे । १० बजे खाना खान बोलउँदा उनले ढोका खोलेनन् ।
दुई/तीन घण्टापछि सुशान्तका व्यवस्थापकले उनकी बहिनीलाई फोन गरे । बहिनी आएर ताला चावी बनाउनेलाई बोलाएर ढोका खोलेर हेर्दा सामुन्ने त्यस्तो दृश्य देखियो । जसले सबैलाई छक्क पार्यो ।
र यो पनि पढ्नुहोस् : सुशान्त, किन पाएनौ तिमीले त्यस्तो एउटा असल साथी ?