
चर्चित बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आ त्मह त्याको खबरले उनका प्रशंकहरुलाई निकै दुःखी बनाएको छ।
एक्लै बस्दै आएका सुशान्त सिंह राजपुत मुम्बई स्थित आफ्नै घरमा झु ण्डिएको अवस्थामा फेला परेका हुन।
अभिनेता राजपुतको निधनले बलिउडलाई अर्को ठूलो धक्का लागेको छ।
सेलिब्रेटीहरुले राजपुतले आ त्मह त्या गरेको खबर सुन्दा स्तब्ध भएको प्रतिक्रिया दिएका छन्।
सुशान्तलाई अहिले मुम्बइको क्रोपर अस्पतालमा राखिएको छ । उनको बुबा बेहोस भएकोले उनको बैनी अस्पताल आएकी छन् ।
उनको बैनी नितु सिंह साथीसँग अस्पतालमा आइपुगेकी हुन् ।

३४ वर्षको उमेरमा नै सुशान्तले देहत्याग गरेका हुन् ।
यस्तो थियो सुशान्तको बिहानको क्रियाकलाप
आइतबार बिहानको उनको पछिल्लो क्रियाकलापबारे सुशान्तसिंह राजपूतको घरमा काम गर्ने सहयोगीले पुलिसलाई भनेका छन्— विहानसम्म सब कुरा ठीक थियो । विहान साढे ६ बजे सुशान्तसिंश निद्राबाट उठे । घरमा काम गर्नेले उनलाई ९ बजे अनारको जुस दिए । र उनले पनि पिए ।
यसपछि शुसान्तले आफ्नी बहिनीसँग गफ गरे । बहिनीसँग गफ गरेपछि उनले आफ्नो साथी महेश शेट्टीसँग गफ गरे । जो तिनै अभिनेता हुन जसले सुशान्तसँगै आफ्नो अभिनय करिअर सुरु गरेका थिए ।
यी दुब एकसाथ एकता कपुरको सो ‘किस देश में होगा मेरा दिल’मा देखिएका थिए । यी असाध्यै मिल्ने साथी थिए । सुशान्तको अन्तिम फोन कल उनै मिल्ने साथी महेशसँग भयो ।
यसपछि उनी आफ्नो कोठामा गए । र ढोका भित्रबाट बन्द गरे । १० बजे खाना खान बोलउँदा उनले ढोका खोलेनन् ।
दुई/तीन घण्टापछि सुशान्तका व्यवस्थापकले उनकी बहिनीलाई फोन गरे । बहिनी आएर ताला चावी बनाउनेलाई बोलाएर ढोका खोलेर हेर्दा सामुन्ने त्यस्तो दृश्य देखियो । जसले सबैलाई छक्क पार्यो ।
उनको मृत्यु १० देखि १ बजेको बीचमा भएको भारतीय सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।
र यो पनि पढ्नुहोस् : सुशान्त, किन पाएनौ तिमीले त्यस्तो एउटा असल साथी ?