
सुशान्त सिंह राजपुतसँग सम्वन्धमा रहेकी रिहाको बारेमा नयाँ खुलासा भएको छ ।
एक भारतिय सञ्चारमाध्यमका अनुसार दुखद् घट्ना घट्नुभन्दा १ दिन अगाडी सुशान्त सिंह राजपुतले बलिउड मोडल रिहा चक्रबतीलाई घरसम्म छाडेका थिए ।
उनीहरुको लिभ इन रिलेसनमा रहेको पनि उक्त सञ्चारमाध्यमले उजागर गरेको छ ।
केही समयअगाडीदेखि सुशान्त रिहा चक्रबतीसँग प्रेममा रहेको कुरा बाहिर आएको थियो ।
उनीहरुले लुकिछुपि धेरैपटक भेट गरेको एक मिडियाको क्यामेरामा कैद भएको थियो ।
उनीहरुले सोसल मिडियामा रोमान्सले भरिएका तस्विरहरु शेयर गर्थे जहाँ दुई जना नै अत्यन्तै हर्षित अनुहारमा देखिन्थे ।

परिवारमा सुशान्तको बिवाहको कुरा पनि चलेको थियो ।
तर उनको मृत्युको खबर चारैतिर फैलिसक्दा पनि रिहा कतै देखा परेकी छैनन् ।
प्रहरी रिहाको घर पुगेर बयान लिएको समाचार पनि सार्वजनिक भएको छ ।

खबरका अनुसार लकडाउन कारण उनीहरु सामाजिक दुरी कायम गरेर हिड्ने गर्थे ।