
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आ-त्मह-त्याको खबरले दर्शक, मिडियादेखि बलिउडसम्म स्तब्ध छ । मुम्बाई प्रहरीले उनको आ-त्मह-त्याबारे छानबिन गरिरहेको छ ।
तर, मुम्बाई प्रहरीले छानबिनका क्रममा घटना स्थलबाट कुनै सु साइड नोट नभेटिएको बताएका छन् । जसका कारण सुशान्तको आ-त्मह-त्या एक रहस्य नै बनिरहेको छ ।
प्रहरीलाई एक गोप्य सोर्सले दिएको जानकारी अनुसार सुशान्त पछिल्लो ६ महिनादेखि डिप्रेसनमा थिए ।
यस्तै सुशान्तका साथीहरूले पनि सुशान्त डिप्रेसनमा भएको स्वीकारेका छन् । उनको साथीहरूले सुुशान्तको विगतसँग सम्बन्धित केही कुरा पनि बताएका छन् । खबरका अनुसार सुशान्तका पूर्व प्रेमिका अंकिता लोखन्डेको गत हप्तामात्रै एक व्यापारीसँग बिहेको छिनोफानो भएको थियो ।
सुशान्त र अकिंता लामो समयको प्रेम सम्बन्धपछि छुटिएका हुन् । खबरका अनुसार सुशान्त बलिउड प्रवेश गरेसँगै उनीहरूको सम्बन्धमा दूरी आउन थालेको थियो । सुन्नमा यो पनि आएको थियो कि अकिंतालाई सुशान्तले चलचित्रमा गर्ने चुम्बनका दृश्यहरू प्रति आपत्ति थियो । जसका कारण उनीहरूबीच झगडा बढ्दै गयो र अन्ततः सम्बन्ध टुट्यो ।
५ दिन अघिमात्रै आ-त्मह-त्या गरेकी भनिएकी उनकी म्यानेजर दिशा सालियनको अनुसन्धानका क्रममा सुशान्तसँग पनि सोधपुछ गरिएको थियो ।
आइतबार बिहानको उनको पछिल्लो क्रियाकलापबारे सुशान्तसिंह राजपूतको घरमा काम गर्ने सहयोगीले पुलिसलाई भनेका छन्— विहानसम्म सब कुरा ठीक थियो । विहान साढे ६ बजे सुशान्तसिंश निद्राबाट उठे । घरमा काम गर्नेले उनलाई ९ बजे अनारको जुस दिए । र उनले पनि पिए ।

यसपछि शुसान्तले आफ्नी बहिनीसँग गफ गरे । बहिनीसँग गफ गरेपछि उनले आफ्नो साथी महेश शेट्टीसँग गफ गरे । जो तिनै अभिनेता हुन जसले सुशान्तसँगै आफ्नो अभिनय करिअर सुरु गरेका थिए ।
यी दुब एकसाथ एकता कपुरको सो ‘किस देश में होगा मेरा दिल’मा देखिएका थिए । यी असाध्यै मिल्ने साथी थिए । सुशान्तको अन्तिम फोन कल उनै मिल्ने साथी महेशसँग भयो ।
यसपछि उनी आफ्नो कोठामा गए । र ढोका भित्रबाट बन्द गरे । १० बजे खाना खान बोलउँदा उनले ढोका खोलेनन् ।
दुई/तीन घण्टापछि सुशान्तका व्यवस्थापकले उनकी बहिनीलाई फोन गरे । बहिनी आएर ताला चावी बनाउनेलाई बोलाएर ढोका खोलेर हेर्दा सामुन्ने त्यस्तो दृश्य देखियो । जसले सबैलाई छक्क पार्यो ।
टेलिभिजनका स्टार अर्जुन बिजलानीले उनी केहि समयदेखि डिस्टर्ब भएको बताएका छन् । सुशान्तसँगको अन्तिम कुराकानी शेयर गर्दै उनले उक्त्त कुरा बताएका हुन् ।