
सुशान्त सिंह राजपुतले केही दिनअगाडी सामाजिक सञ्जालमा आमाको तस्विर राखेका छन् ।
१ हप्ता अगाडी इष्टामा उनले आमाको तस्विरसहितको एक पोष्ट गरेका थिए । त्यसपछि उनको इष्टामा केही नयाँ अपडेट गरिएको छैन । यो नै उनको अन्तिम स्टाटस हो ।
टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा प्रकाशित भएको समाचार अनुसार मुम्बइमा रहेको आफ्नै निवासमा उनले आ त्मह त्या गरेका हुन् ।
इमरान खान, ऋषी कपुर वाजिद खान लगायतको निधनले स्त व्ध बनेको बलिउड थप शोकमा डुबेको छ ।
उनी ३४ वर्षका मात्र थिए । जी टिभीको लोकप्रिय टेलिचलचित्र पवित्र रिश्ताबाट उदाएका राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका हुन् । । पछिल्लो समयमा उनका फिल्महरुले निकै हिट भएका थिए ।
https://www.instagram.com/p/CA-S3cIDWOx/
युवाहरुमाझ राजपुत एक सफल अभिनेताका रुपमा परिचित छन् ।
६ वर्षसम्म सहकर्मी अंकिता लोखन्डेसँग उनी रेले सनसिपमा रहेका थिए । तर यी दुईको जोडी सन् २०१६ मा छुट्टिएको थियो ।
उनको निधनको कारण डिप्रे सनको भएको बताइएको छ तर पो ष्टमा र्टम नभएसम्म आधिकारिक रुपमा भने पुष्टि हुन सकेको छैन ।
५ दिनअघी उनको पूर्व म्यानेजरले पनि सु साइड गरेका थए । त्यस घटनाले सुसान्त वि क्षिप्त भएको बताइएको छ ।
अभिनेता लकडाउनको बेला एक्लै बस्दै थिए । प्रहरी उनको अपार्टमेन्ट पुगेको छ तर आ त्मह त्याको कारण भने खुलेको छैन।
भारतयी सञ्चार माध्यमले जनाएअनुसार उनी केहि दिन देखि अस्वस्थ महसुस गरिरहेका थिए ।
३४ वर्षीय राजपुतले पछिल्लो समय ‘केदारनाथ’ फिल्ममा अभिनय गरेका थिए । राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निभाएका थिए।