
काठमाडौं, जेठ ३१ गते । नेपाली काँग्रेसका साभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवाले नेपालीहरु राष्ट्रिय एकताका लागि जहाँ रहे पनि एक हुन्छन् भन्ने देखाएको बताएका छन् ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङफले नेपालको संविधान (दोस्रो संसोधन ) विधेयक २०७७ माथिको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव माथिको छलफलमा बोल्ने क्रममा उहाँले सो कुरा बताएका हुन् ।
उनले सुगौली सन्धी लगायतका दस्ताबेजमा कालापानी क्षेत्र नेपालको भएको स्पष्ट पारेको बताए ।