समाजवादी पार्टीले सांसद सरिता गिरीमाथि कारबाही गर्ने भएको छ ।
सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको अध्यावधिक नक्सा अनुसार निशानछापका लागि संविधान संशोधन प्रस्ताव गरेपछि गिरीले उक्त प्रस्ताव खरेजीको माग गर्दै अर्को संशोधन दर्ता गराइकी थिइन् ।
तर, समाजवादीले भने संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । गिरीलाई आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन समाजवादी पार्टीले निर्देशन दिएको थियो । पार्टीले प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिँदासमेत गिरीले अस्वीकार गरेकी छन् ।
अपराह्न १ बजे बोलाइएको संसद बैठकअघि समाजवादीको संसदीय दलको बैठक बस्दैछ ।