
लकडाउनको कारण नेपाली सिनेमा क्षेत्र पनि आक्रान्त बनेको छ । सबै कलाकारहरु घरमा नै बसेर सामाजिक संजालमार्फत आफ्नो कुराहरु राखिरहेका छन् ।
साथीहरुसँग प्रत्यक्ष भेट गर्न नपाएका कलाकारहरु सामाजिक सञ्जालको माध्यमबाट एकअर्काको बारेमा जानकारी लिइरहेका छन् ।
भर्खरै पुजा शर्मा रबि लामिछाने र दिपक दिपाको पार्टीले कला क्षेत्रामा हंगामा भएपछि कलाकारहरु अलि संयमित भएका छन् ।
यस्तै बेलामा अभिनेत्री परमिता एलआर राणालाई भने लकडाउनको समयमा दिन विताउने साथी बनेकी छन्, अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता ।
एकअर्काका छिमेकी रहेका कविता र परमिता अहिले घनिष्ट साथी बनेका छन् ।
अभिनेत्री परमिताले शनिवार आफ्नो आधिकारिक इन्स्टाग्राममा कवितासँग घरको छतमा खिचेका तस्विर साझेदार गरेकी छन् ।
https://www.instagram.com/p/CBGcxgvga8I/
सन् २००८ को पहिरन लगाएर खिचेको तस्विरमा उनीहरु एकअर्कासँग निकै निकट देखिएका छन् ।
https://www.instagram.com/p/CBGTvNjDQVA/
कविता र परमिताको तस्विर अभिनेत्री करिश्माले पनि शेयर गर्दै बच्चाहरुको दिन विताउने तरिका भन्दै ज्ञानी भएकोमा खुसी व्यक्त गरेकी छन् ।