
नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठको विवाह भएपछि एक युवतीको गसिपले नेपालको फिल्मी बजार धेरै तातियो । त्यो नाम हो सिपोरा गुरुङ्ग । उदिप श्रेष्ठले आफ्ना पूर्व प्रेमिकाका बारेमा केही कुरा बोलिसकेका छन् । उनको पहिलो प्रेमिका भने फिलिपिनी हुन् । दोस्रो प्रेमिका भने नेपाल कै हुन् । ति नेपाली प्रेमिका अरु कोहि नभएर नेपाल कै चर्चित भलिवल खेलाडी तथा नायिका सिपोरा गुरुङ्ग हुन् ।
उदिप श्रेष्ठले सार्बजनिक रुपमै नाम नलिएपनि सिपोरा गुरुङ्गले भने यस अघि नै नेसनल टेलिभिजनमा यो कुरा सार्बजनिक गरेकी थिइन । उनले आफ्नो प्रेमी उदिप श्रेष्ठ मात्र भनेका छैनन् पहिलो र अन्तिम प्रेमी पनि उनि नै हुन् भनेकी छन ।
नायिका तथा भलिबल खेलाडी सिपोरा गुरुङ अमेरिकामा छिन् । तर, उनी विश्वकै शक्तिशाली देशमा रहेर पनि असुरक्षित महशुश गरिरहेको बताउँछिन् ।
सामाजिक संजालमा स्टाटस कोर्दै उनले लेखेकी छिन्– ‘कोरोनाले नदुखेको ठाउँ संसारमै सायदै होला । आफू शक्तिशाली देशमा भएर पनि असुरक्षित महसुश गर्नु आफैँमा विडम्बना हो । जीवन रहे संसार रहन्छ । जीवनसँगै मानवताको रक्षाका लागि जुटौं ।’
उनले, हरेक विपत्तीले एउटा न एउटा पाठ सिकाएर जाने भन्दै उनले चिन्तालाई छाडेर संसारकै हित हुने चिन्तमा लाग्न पनि अपिल गरेकी छिन् ।
सिपोराले अभिनय गरेको नेपाली चलचित्र ‘भुँइमान्छे’ हो ।