
काठमान्डौ ,पत्रकार रबि लामिछानेले अभियन्ता ज्ञानेन्द्र शाहीको रिहाइको माग गरेका छन् ।अभियन्ता शाही हिजो राति पक्राउ परेका थिए ।
दैनिक ज्यालादालीमा काम गर्ने मजदुरलाई राहत वितरण गर्ने क्रममा विवाद शुरु भएपछि शाही पक्राउ परेका हुन् । पत्रकार रबि लामिछानेले महामारीका बेला भोकालाई खाना खुवाउनेलाई सजाय दिनु नहुने बताएका छन् ।
सामाजिक संजालमा एक स्टाट्स लेख्दै उनले भनेका छन् -महामारीका बेला भोकालाई खाना खुवाउने लाई धन्यवाद दिने हो, सजाय दिने होइन।
लामिछानेले भोका जनतालाई खाना खुवाएकोमा धन्यवाद दिदै ज्ञानेन्द्र शाहीलाई रिहा गर्न समेत प्रसासन सँग अनुरोध गरेका छन् ।
यस्तो छ पत्रकार रबि लामिछानेको स्टाटस -ज्ञानेन्द्र शाहीले के गरेछन् र पक्राउ परेछन भनेर बुझ्दा जानकारी पाए कि उनले मानिसलाई खाना खुवाउने काम गरेछन् । सरकारले राहत बितरण गरेको होला तर त्यो प्रभावकारी भएको छैन। कतिपय स्थानीय प्रतिनिधिहरु आफ्ना कार्यकर्तालाई मात्र छानी छानी राहत बाडिरहेकापनि छन्। यस्तो अवस्थामा भोकै परेका नागरिकलाई खर्चको जोहो गरेर राहत दिनु धर्म हो।
लकडाउनको उल्लंघन नहुने गरि स्थानीय प्रशासन सङ समन्वय गरेर, सक्नेले सहयोग गर्ने बेला नै यहि हो। अन्य अपराध गरेका भए बेग्लै कुरा तर महामारीका बेला भोका लाई खाना खुवाउने लाई धन्यवाद दिने हो, सजाय दिने होइन। बिकृतिको चाङमा उभिएको सरकारका बिरोधमा ज्ञानेन्द्रले अलि कडा बोले होलान्, तर भ्रस्टाचार गर्नेलाई समाउने कि भ्रस्टाचार विरुद्ध बोल्नेलाई समाउने? भोका जनतालाई खाना खुवाएकोमा धन्यवाद दिदै अब प्रशासनले ज्ञानेन्द्र शाहीलाई रिहा गरोस्। ज्ञानेन्द्र जी ले पनि स्थानीय निकायसँग समन्वय गरेर राहत कार्यक्रम संचालन गर्नु पर्छ।