
पछिल्लो अवस्थामा विकसित घटनाक्रमप्रति नायिका करिश्मा मानन्धरले आफ्नो विचार व्यक्त गरेकी छिन् ।
उनले नेताहरुलाई कटाक्ष गर्दै भनेकी छिन् ‘कठै बरा नेपाली जनता आफुलाई सबै खाले ज्ञान हुँदाहुदै पनि सत्ता मोहमा लिप्त भएर जुन हदमा पनि जानसक्नेहरु को तमासा हेरेर बस्न बाध्य छौ !’
करिश्मा सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्
यहाँ काहा छ देश प्रेम ?
काहा छ जनताको भावनाको कदर ?
काहा छ उनीहरु आफैले गरेको प्रतिबद्धता ?
कठै बरा नेपाली जनता आफुलाई सबै खाले ज्ञान हुदाहुदै पनि सत्ता मोहमा लिप्त भएर जुन हदमा पनि जानसक्नेहरु को तमासा हेरेर…
Posted by Karishma Manandhar on Sunday, December 20, 2020
नेपाली अभिनेत्रीको कुरा गर्दा नायिका करिश्मा मानन्धरलाई नचिन्नै सायदै भेट्न गाह्रो होला । यसअगाडी अभिनेता तथा निर्माता दीपकराज गिरीले व्यंग्य गर्दै फेसबुकमा लेखेका थिए ‘पाँचवर्षे सरकार नदेखि मरिएला जस्तो छ । दुई तिहाइ पनि दुइ तुहाइ भो ।’
पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गठन गरेको नयाँ शक्तिमा पार्टीमा लागेर राजनीतिमा प्रवेश गरेकी करिश्माको राजनैतिक जीवन भने सफल हुन सकेन । त्यसैले उनले २०७६ सालको जेठ महिनामा पार्टी छाडेको घोषणा गरिन् ।