
काठमाडौं। सत्तारुढ दल नेकपाका नेता भीम रावलले बुधबार बोलाइएको नेकपा स्थायी समितिको बैठक स्थगित भएकोबारे आपत्ति जनाएका छन्।
लामो समयदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाउन नचाहेको भनिएको नेकपाको महत्वपूर्ण उक्त बैठक बुधबारका लागि डाकिएको थियो। तर, पार्टी स्थायी समिति सदस्य तथा पूर्व गृहमन्त्री भीम रावलको सुरक्षामा एक महिना अघि सम्मका रहेका सुरक्षाकर्मीमा कोरोना भेटिएपछि बैठक स्थगित गरिएको छ।
एक महिना अघिदेखि आफ्नो सुरक्षामा नरहेका सशस्त्र प्रहरीका जवानको संक्रमणको घटनालाई बैठक सारिनु षडयन्त्रपूर्ण रहेको नेता रावलले आरोप लगाएका छन्। नेता रावलले एक ट्विट गर्दै लेखेका छन्, ‘के निहुँ पाउँ कनिका बुँकाउ भन्ने उखान बालुवाटारका लागि रहेछ’। यस्तो छ नेता रावलको ट्विट