
पछिल्लो पाँच दिनमा करिब २५ हजारजना विभिन्न नाकाबाट उपत्यका भित्रिएका छन्। जसमध्ये धेरैजसो अत्यावश्यक सामान बोक्ने सवारी लिएर आएका छन्।
हिजो भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएकी २५ वर्षिया युवती ३ दिन अघि सुनसरीको झुल्केबाट भक्तपुर आएको खुलेको छ । भक्तपुर निवासी २५ वर्षिया महिला पनि सुनसरीबाट बैशाख २९,गते नै काठमाडौ आएको खुलेको छ। उनी मोटरसाइकलको पास बनाएर काठमाडौं आएकी हुन्। काठमाडौं आइसकेपछि मध्यपुर ठिमीस्थित साथीकै कोठामा बसेकी उनलाई अहिले टेकु अस्पताल लगिएको छ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार तीन दिन अघि उनी सुनसरीको झुम्काबाट भक्तपुर आएकी थिइन्।
भक्तपुरकै अर्का संक्रमित २७ वर्षिय पुरुष पनि तराइबाट आएको स्वास्थ्य मन्त्रलायल स्रोत बताउँछ।
केहीदिन अगाडी काठमाडौ आउने सवारी पास बनाएर काठमाडौ छिरेका थिए। त्यसपछि दुवाकोटस्थित आफ्नै डेरामा बसेका थिए।
उनी पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी भएको पुष्टि भएको छ ।
२७ वर्षीय प्रहरी जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर दुवाकोटामा अस्थायीरुपमा बस्दै आएको भन्ने खुलेको छ । ती जवान सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत रहेको र उनको टेकु अस्पतालमा अहिले उपचार भइरहेको छ । काठमाडौ आउनासाथ शसस्त्र प्रहरीले उनको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो।
यस्तै काठमाडौंकी महिला बैशाख २९ गते कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएको खुलेको छ।
लकडाउन हुनुभन्दा पहिले नै पारिवारीक कार्यक्रमको लागि कञ्चनपुरको महेन्द्रनगर गएकी उनी त्यसपछि आइतबार मात्र नीजि गाडीको पास बनाएर काठमाडौं आएकी हुन्। काठमाडौ आउनासाथ शसस्त्र प्रहरीले उनको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार उपत्यकामा दैनिक करिब तीन हजार सवारीसाधन भित्रिने गरेका छन् । जसमध्ये अधिकांशमा चालकबाहेक थप व्यक्ति हुने गरेका छन् ।
पासका आधारमा बाहिरबाट आएकाहरूले संक्रमण फैलाउन सक्ने जोखिम छ । ‘सांसदहरूको गाडीमा ५–६ जना आएका छन्,’ एक प्रहरी अधिकारीले भने, ‘केही थप कार्यालय खुल्ने भएपछि सरकारी कर्मचारी पनि आएका छन्, उनीहरूबाट संक्रमण फैलने जोखिम छ ।’
यो पनि पढ्नुहोस् :
सुनसरीबाट आएकी थिइन् भक्तपुरमा भेटिएकी कोरोना संक्रमित युवती
काठमाडौंमा कोरोना पुष्टि भएकी महिला चन्द्रागिरिकी
पर्सामा ८२ जना पुग्दा अन्य कुन कुन जिल्लामा कति संक्रमित फेला परे ? हेर्नुहोस् तालिकासहित